एमाले पर्साको निर्वाचनमा कुटाकुट
वीरगन्ज । नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।
एमाले पर्साको अधिवेशनमा जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदवार नवराज शर्माले जानकारी दिएका छन् । संस्थापन पक्षले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको उनको भनाइ छ ।
शर्माका अनुसार मतदान स्थलमा कुटाकुट हुँदा वीरगन्ज महानगरपालिका– २० का वडाअध्यक्ष एवं जिल्ला उपसचिवका उम्मेदवार रामकिसोर सिंह (पराग) घाइते भएका छन् । संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरपक्षमाथि हमला गरेपछि वडाअध्यक्ष सिंहको नाकमा चोट लागेको छ । घाइते सिंहको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । नेताहरूमाथि पनि हातपातसमेत गरिएको शर्माले बताए ।
विवाद भएपछि अहिले पुनः निर्वाचन प्रक्रिया रोकिएको एमाले नेता शिव पटेलले बताए । सोमबार एमाले पर्साको ९ औँ अधिवेशनको उद्घाटन भएपछि शुक्रबार नेतृत्व चयनमा विवाद बढ्दा कुटाकुट भएको हो ।
एमाले पर्साको अध्यक्षमा डा.विश्वम्भर शर्मा सर्वसम्मत चयन भएका छन् ।
बाँकी पदाधिकारी तथा सदस्यहरूका लागि शुक्रबार मतदान हुने तालिका सार्वजनिक गरेको थियो । तर बिहानैदेखि इतरपक्षले संस्थापन पक्षले निर्वाचनमा धाँधली गरिरहेको आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...