बागमतीमा साेमबार सार्वजनिक बिदा दिने सूचना राजत्रपमा प्रकाशित
शुक्रबार, २१ वैशाख २०८१, १६ : ४५

काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशमा सार्वजनिक बिदा दिएको सूचना राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारको वैशाख १२ गतेको निर्णयअनुसार नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने दिन वैशाख २४ लाई तोकेको थियो ।
सोहीअनुसार प्रदेश राजपत्रमा शुक्रवार सूचना प्रकाशित गरिएको छ ।
‘नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू हुने दिनेको अवसरमा विसं २०८१ साल वैशाख २४ गते सोमबार बागमतीका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रदेश सरकारका सचिव पूर्णबहादुर दर्जीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे