निर्माण सामग्री सम्बन्धी विधेयकमा झण्डै ४ सय संशोधन

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै विरोध नरहने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति खतिवडाले कांग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा सकारात्मक रहेको बताए । उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएको पनि बताए । उनले विधेयक गम्भीर रहेकाले शीर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताए ।
सभापति खतिवडाले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरूसँग छलफल गरी अघि बढाउने बताए । उनले निर्माण सामग्री सम्बन्धी विधेयकमा झण्डै ४ सय वटा संशोधन परेको बताए । निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको उनले बताए ।
सभापति खतिवडाले हप्तामा तीन दिन संसद् चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना