लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी

नयाँ दिल्ली । केरलाको वायनाडका कांग्रेस सांसद राहुल गान्धीले रायबरेलीबाट लोकसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राहुल गान्धीले कांग्रेस संसदीय दलकी नेतृ सोनिया गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, प्रियंका गान्धी, अशोक गहलोत, रेवन्त रेड्डीको उपस्थितिमा आफ्नो उम्मेदवारी पत्र भरेका थिए ।
यस क्रममा राहुल गान्धीले रायबरेलीमा रोड शो पनि गरेका थिए र त्यसमा उनका हजारौँ समर्थकहरू उपस्थित थिए । राहुल गान्धीले वायनाडबाट पनि उम्मेदवारी दिएका छन् । त्यहाँ मतदान भइसकेको छ । राहुल गान्धीले यस अघि अमेठीबाट उठ्दै आएका थिए । तर सन् २०१९ को लोकसभा निर्वाचनमा उनी भाजपाकी स्मृति इरानीसँग पराजित भए । यस पटकको निर्वाचनमा पनि उनी अमेठीबाट उम्मेदवार बन्ने अनुमान गरिएको थियो ।
प्रियंका सोनिया गान्धीको लोकसभा सिट रायबरेलीबाट चुनावमा उठ्ने चर्चा थियो । तर अन्तिम क्षणमा कंग्रेसले अमेठी सिटमा किशोरी लाल शर्मालाई उठाएको छ । हाल राहुलकी आमा सोनिया गान्धी रायबरेलीकी सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ