काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले ‘सिप मेला’ आयोजना गरेको हो ।
एक महिने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिइएको छ ।
प्रतिक्रिया