आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह

शुक्रबार, २१ वैशाख २०८१, १५ : ०८
शुक्रबार, २१ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय कमेडी शो कपिल शर्मा शोकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।

तीन दिनदेखि सिंहको पेट दुखिरहेको थियो । तर उनले दुखाईलाई बेवास्ता गरिन् । दुखाई घट्नुको सट्टा झन झन बढेपछि उनलाई अस्पताल लगियो । परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी रहेको थाहा भयो । यसकै कारण पेट दुखिरहेको थियो । डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् । ‘यस्तो भिडियो सेयर त गर्नुहुँदैन, तर गरिरहेकी छुँ । पेट दुख्न थालेपछि अस्पताल आएको थिएँ शल्यक्रिया गर्नुपर्याे । अहिले म एकदम ठिक छु र म  छोरा गोल्लालाई मिस गरिरहेको छुँ,’ भारतीले ब्लगमा भनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप