फोटोफिचर
रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २१ वैशाख २०८१, १४ : २८

काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले यही हप्तादेखि रङ लगाउने काम सुरु भएको हो । रङरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म समय लाग्ने गर्छ ।
रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ ।
रङ लगाउनुअघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रङको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रङ रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राख्ने चलन छ ।
हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी महासंघको गोष्ठी सकियो
-
रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसकाे चेतावनी
-
माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?
-
‘ऊनको स्वीटर साँझ’मा सुजनले दिए प्रस्तुति
-
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
-
‘आमा’ साक्षात् भगवान्