महँगो सामाजिक कार्य थेग्ने कसरी ?
मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न सामाजिक संस्कार आफ्नो गच्छे अनुसार मनाउने कार्य सदियौँदेखि चल्दै र पुस्तान्तरण हुँदै आएको छ ।
हरेक समुदायमा आ–आफ्ना चालचलन तथा रीतिरिवाज फरक–फरक ढङ्गले चल्दै आएका पाइन्छन् । विभिन्न जातजाति वा समुदायका विविध वेशभूषा र भाषा–संस्कृति छन् । समय परिवर्तन हँुदै जाँदा मान्छेका कतिपय रहनसहन, रीतिरिवाज, संस्कार तथा संस्कृति र परम्परामा परिवर्तन आएका छन्, आउनु पनि पर्छ ।
जति परिवर्तनको आशा गरे पनि हाम्रोजस्तो गरिब मुलुकमा करिब ७५ प्रतिशत वर्ग हँुदा खाने छन् भने १५ प्रतिशत पु¥याएर खाने र १० प्रतिशत हुने खाने कहलिएका देखिन्छ । हुँदा खानेको परिश्रमलार्ई हुने खानेको शोषणले पेलेका कारण एउटा सामान्य चाड मनाउन पनि उसैको पाउ मोल्नुपर्ने हुन थालेको छ ।
दुई छाक खान हम्मे पर्नेले पनि अनेक समस्याका बाबजुद समाजका अगाडि कतिपय परम्परा धान्नैपर्छ । अझ एउटा गरिबीको रेखामुनिको वर्गले कतिपय सामाजिक कार्यमा संलग्न हुने सामथ्र्य नै राख्दैन । साधारण जीविका गरिरहेको व्यक्ति वा परिवारलाई छोरा वा छोरीको विवाह सम्पन्न गर्न केही सुनका गहना किन्नैपर्छ । त्यसमाथि भोजभतेर, लत्ताकपडा, दाइजो आदिको व्यवस्था गर्न सामान्य ज्याला–मजदुरी गरेर जीवन निर्वाह गर्ने न्यून आय भएको वर्गलाई निकै कठिनाइ पर्ने अनुमान लगाउन सकिन्छ । बैंक तथा सहकारीबाट ऋण काढेर गर्जो टार्ने तर पछि तिर्न आयस्रोत नहँुदा वासस्थान नै उठिबास हुने अवस्थाले धेरैलार्ई पिरोलेको देखिन्छ ।
छोराछोरीलाई पढाउन खर्च नगर्ने तर छिमेकीको देखासिकी र समाजको डरले ऋण काढेर भए पनि विवाहमा खर्च गर्ने र दाइजो दिएर छोरीको घर–सम्बन्ध सुदृढ गराउन बाध्य पारिएको छ ।
हुँदा खानेको परिश्रमलाई हुने खानेको शोषणले पेलेका कारण एउटा सामान्य चाड मनाउन पनि उसैको पाउ मोल्नुपर्ने हुन थालेको छ ।
दाइजो कम भयो भनी बुहारीमाथि मानसिक तनाव दिने मात्रै होइन; हिंसा, हत्यासम्मका जघन्य अपराध समाजमा देखिएका छन् । खासगरी तराई क्षेत्रमा यो प्रथाले जरो गाडेको छ । बेहुली पक्षले मनग्गे दाइजो र सुनको सिक्री नदिएका कारण वीरगन्जका उमेश साहले विवाहमा लफडा गरे । यस घटनामा बेहुलासहित पाँचजना पक्राउ परेको समाचार सञ्चार–माध्यममा छापिए । बेहुली पक्षले बिहेमा गरेको खर्च र परिवारमा परेको सामाजिक, मानसिक पीडा कति होला ! अनुमान गर्न गाह्रो हुन्छ ।
यी सबै सामाजिक कुरीतिका उपज हुन् । एउटा वर्ग यस्तो छ, उसले आफू समाजमा ठुलो कहलिन नभएका रीतिरिवाज भित्र्याइरहेको छ । अकुत सम्पत्ति आर्जन गरेकाहरुले छोराछोरीलाई महँगो स्कुलमा भर्ना गर्छन्; महँगो रहनसहन र भड्किलोपनमा अरुलाई पछि पार्न खोज्छन् । छोराछोरीको विवाह, व्रतबन्ध, गुन्युचोली, पास्नी आदि यस वर्गका लागि सामान्य हुन्छन् । मेहन्दी, हल्दी, स्वयंवरजस्ता कार्यका लागि चार–पाँच दिनदेखि होटल वा पार्टी प्यालेस बुकिङ गरी भोजभतेर चलाइन्छ ।
कतिपयले जग्गा–जमिन धरौटी राखेर वा बेचेर पनि कतिपय सामाजिक कार्य गर्न बाध्य छन् । राम्रा कुरा संस्कारजन्य हुन् र नराम्रा कुरा कुरीति र कुसंस्कार हुन् भन्ने पहिचान जबसम्म हामीमा हुँदैन; तबसम्म हामीले हाम्रो धर्म, संस्कार, रीतिरिवाज आदि आफ्नो भावी पुस्तामा हस्तान्तरण गर्न सक्नेछैनौँ ।
अहिले जुत्ता लुकाउने प्रथा विकृतिका रुपमा देखिएको छ । यो प्रथा कसरी सुरु भयो भन्ने यकिन जानकारी भएन, यद्यपि केही दिनअघि एक जना मित्रले सामाजिक सञ्जालमा लेखेका थिए— धेरै पहिले भिनाजुको जुत्ता हराउँछ भनेर सालीले राखिदिएकी थिइन् रे । अहिले यो कार्य जुत्ता लुकाउने र पैसा असुल्ने जस्तो अनिवार्य नकारात्मक संस्कारमा परिणत भएको देखिन्छ ।
दुई–चार हजार मूल्यको जुत्ता पाउन लाखसम्म दिनुपर्ने भएका कारण दुलही नै छाडेर जाने स्थिति आएको, गालीगलौजका साथै झगडासम्म भएको देखिन्छ । पैसा नमिलेका कारण केटा पक्षले जुत्ता नलगाई दुलही लगेको पनि देखिएको छ । केही दिनअघि एउटा विवाह कार्यक्रममा भिनाजुले सालीलाई जुत्ता लुकाएबापत सुनको सिक्री गलामा लगाइदिएको सामाजिक सञ्जालमा देखेपछि मेरो मनमा अनेकौँ प्रश्न तेर्सिन थाले ।
सामाजिक कार्यलाई सहज र सरल बनाउने जिम्मा समाजको हो, तर ध्यान पुगेको देखिँदैन । बिदेसिएका युवाले परिवारकै लागि भनेर दिनरात खटिएका पनि छन् । यता गाउँघरमा जताततै खर्च बढेको छ, त्यसमाथि महँगी उस्तै । बिहेबारी लगायत सामाजिक उत्सव मनाउनदेखि छोराछोरी पढाउन सजिलो छैन ।
महँगो बजार, बेरोजगार समाज, बाँझा खेतबारी, युवाको विदेश पलायन, परनिर्भर संस्कृतिको विकास, झुट नेतृत्वको रजाइँ, व्याप्त भ्रष्टाचार आदि सबै सामाजिक विकृति मौलाउने भ¥याङ हुन् । नेतृत्वलाई यस्ता कुरा झिनामसिना लाग्छन् । आफ्ना सन्तानका बिहेमा यिनैले गलत चर्तिकला देखाएर जग हँसाएका उदाहरण धेरै छन् । सुधार कहाँबाट कसरी गर्न सकिन्छ भनेर सोच्ने कहिले र कसले हो ? आफ्ना अभिभावकलाई बोझ सम्झने, वृद्धाश्रम पु¥याउने, सडकमा अलपत्र छाड्ने अथवा छोराछोरीलाई सडकमा छाडेर हिँड्नेसम्मका अमानवीय व्यवहारले समाज कता उन्मुख हुँदै छ ? सोच्ने बेला आएको छ ।
हो, संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्छ तर कुसंस्कार–कुरीति, विकृति र विसङ्गतितर्फ सबैको ध्यान जान आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?
-
छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका