कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द हुने

नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ भर्खरै नेट्फिक्समा प्रसारण हुन लागेको थियो । यहिबेला कपिलका फ्यानहरूका लागि दुःखद खबर आएको छ । कपिलको यो शो बन्द हुने भएकाे छ । कपिल शर्माको शो सुरु भएको २ महिनामै बन्द हुन लागेको हाे ।
यसबारे इन्टरनेटमा अनेकौँ अफवाह चल्न थालेको छ । टिभीमा जस्तो गरी नेट्फ्लिक्समा कपिलको शो चलेको छैन । ‘शो’ को एउटा एपिसोडका लागि कपिलले करिब ५ करोड भारु लिएको बताइएको छ । यो शोको लागि ठुलो रकम खर्च गरेको भए पनि दर्शकहरूमाझ राम्रो छाप छाड्न नसकेपछि शो बन्द गर्न लागिएको हो । कलाकारहरूलाई दिइएको पारिश्रमिकका कारण पनि शो विवादित बनेको थियो ।
कपिलको यो शो सन् २०२४ को मार्च ३० मा नेट्फिलक्समा स्ट्रिम हुन सुरु भएको थियो । शो को १३ ओटा एपिसोडको छायाङ्कन पूरा भइसकेको छ । शो को अन्तिम एपिसोडको सुटिङ मे १ मा भएको थियो । अहिलेसम्म शो को पाँच ओटा एपिसोड प्रसारण भइसकेको छ । ८ ओटा एपिसोड आउन बाँकी छ ।
यस्तोमा शो का एक कमेडियन किकू शारदाले शो छिट्टै बन्द हुन लागेको कुरामा प्रतिक्रिया दिएका छन् । शो केही समयका लागि मात्रै बन्द हुन लागेको र यो टेम्पोररी र्याप अप भएको उनले बताएका छन् । शो को सेकेन्ड सिजन छिट्टै आउने बताइएको छ । आफूहरूले आगामी सिजन प्लान पनि गरिसकेको उनले बताए । नयाँ र पुरानो सिजनबिच धेरै समय अन्तर नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
-
श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा
-
सहज बन्दैछ पोखरा यात्रा, तस्बिरहरू
-
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक
-
संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल