आईपीएलको लिग चरणपछि इङ्ल्यान्डका खेलाडी स्वदेश फर्कने

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कुल ७४ खेल खेलिने छ । त्यसमध्ये हालसम्म ५० खेल सकिएको छ । अब फाइनलसहित २४ खेल खेल्न बाँकी छ । आईपीएलको पहिलो क्वालिफायर खेल मे २१ तारिखमा खेलिने छ ।
त्यसपछि मे २२ तारिखमा एलिमिनेटर खेल हुनेछ । दोस्रो क्वालिफायर खेल मे २४ तारिखमा हुनेछ । फाइनल खेल भने मे २६ तारिखमा खेलिने छ । तर, यसपटक प्ले–अफ चरणको खेलमा केही प्रभावशाली खेलाडी भने अनुपस्थित रहने छन् ।
इङ्ल्यान्डका आठजना प्रभावशाली खेलाडी प्ले–अफ चरणको खेलमा अनुपस्थित रहने छन् । इङ्ल्यान्त तथा वेल्स क्रिकेट बोर्डले आफ्ना खेलाडीले आईपीएलको प्ले–अफ चरणको खेल नखेल्ने जनाएको छ ।
इङ्ल्यान्डले आगामी आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि टोलीको घोषणा गरिसकेको छ । विश्वकपअघि इङ्ल्यान्डले पाकिस्तानविरुद्ध चारवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम छ । पाकिस्तानविरुद्धको शृंखला मे २२ तारिखदेखि सुरु हुनेछ ।
हाल आईपीएल खेलिरहेका इङ्ल्यान्डका प्रमुख खेलाडीहरु उक्त शृंखलामा सहभागी हुनेछन् । त्यसैले आईपीएलको प्ले–अफ चरणको खेलअघि नै इङ्ल्यान्डका आठजना खेलाडी स्वदेश फर्कने छन् ।
राजस्थान रोयल्स जारी सिजनको आईपीएलमा हालसम्म तालिकाको पहिलो स्थानमा छ । यो सिजन राजस्थानका लागि इङ्ल्यान्डका जस बट्लरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले नौ खेलमा तीन सय १९ रन बनाइसकेका छन् । यस क्रममा उनले दुई शतक पनि प्रहार गरेका छन् ।
यसैगरी कोलकाता नाइट राइडर्स हाल आईपीएल तालिकाको दोस्रो स्थानमा आसिन छ । कोलकाताका लागि पनि इङ्ल्यान्डका खेलाडी फिल साल्टले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले हालसम्म नौ खेलमा कुल तीन सय ९२ रन बनाइसकेका छन् । जस बट्लर र फिल साल्ट दुबै प्ले–अफ चरणको खेलमा अनुपस्थित रहने छन् ।
पञ्जाब किङ्सका जोनी बेयरस्टो र लियाम लिभिङ्स्टोनले पनि प्ले–अफ चरणको खेल गुमाउने छन् । यसका अतिरिक्त चेन्नई सुपर किङ्सका मोइन अली, रोयल च्यालेन्जर्स बैंगलुरुका विल ज्याक्स र रिसे टप्लीले पनि प्ले–अफ चरणको खेलमा अनुपस्थित रहने छन् ।
इङ्ल्यान्ड र पाकिस्तानबिचको टी–२० शृंखलाको पहिलो खेल मे २२ तारिखमा लिड्समा सुरु हुनेछ । दोस्रो खेल मे २५ तारिखमा बर्मिङ्घममा हुनेछ । तेस्रो खेल मे २८ तारिखमा कार्डिफमा र चौथो खेल मे ३० तारिखमा खेलिने छ ।
टी–२० विश्वकपको नवौँ संस्करण भने जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुनेछ । टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहने छ । इङ्ल्यान्ड विश्वकपको समूह ‘बी’ मा छ । उक्त समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन