आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

यशको टक्सिक २ भागमा आउने

शुक्रबार, २१ वैशाख २०८१, १२ : २२
शुक्रबार, २१ वैशाख २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार यश यतिबेला आफ्नो आगामी फिल्म ‘टक्सिक’का कारण चर्चामा छन् । फिल्मबारे लगातार नयाँ अपडेटहरू आइरहेका छन् । कहिले फिल्मको कथा त कहिले कलाकारको चर्चाले फ्यानहरुको उत्साह बढाइरहेको छ । यसैबीच सामाजिक सञ्जालमा फिल्मलाई लिएर नयाँ चर्चा चलिरहेको छ । गीतु मोहनदासको निर्देशनमा बन्न लागेको यशको ‘टक्सिक’ दुई भागमा आउने चर्चा इन्टरनेटमा छ ।

फिल्मको कहानी गोवामा ड्रग माफिया वरिपरि घुमेको छ । तर यस विषयमा मेकरको टिमबाट कसैले केही भनेका छैनन् । न त गीतु र यशले नै फिल्मको शीर्षक र रिलिज मितिबारे कुनै आधिकारिक घोषणा गरेका छन् । फिल्ममा अन्य कलाकारबारे अड्कलबाजी जारी छ । चलचित्रको छायाङ्कन सुरु भएको हल्ला पनि चलिरहेको छ भने केहीले छायाङ्कन छिट्टै सुरु हुने बताइरहेका छन् । योजना अनुसार अगाडि बढ्यो भने आगामी ११ महिनामा फिल्म हलमा आउन सक्नेछ ।

टक्सिकको आधिकारिक घोषणा हुनुअघि यशले आफ्नो आगामी फिल्म ठुलो नभई विषयवस्तुको हिसाबले राम्रो हुने बताएका थिए । यसअघि फिल्ममा तीन अभिनेत्री जोडिएको खबर आएको थियो । करिना कपुर खान, कियारा आडवाणी र श्रुति हसन लगायतको नाम चर्चामा आएका थिए । फिल्ममा करिनाले यशकी बहिनीको भूमिका निभाएको बताइएको छ ।

तर प्रडक्शन हाउसले अहिलेसम्म कसैको नाम पनि पुष्टि गरेको छैन । फिल्म निर्माताहरूले सामाजिक सञ्जालमा आधिकारिक बयान साझा गर्दै अनुमान र अड्कलबाजीहरूबाट टाढा रहन अनुरोध गरेका थिए । फिल्ममा कास्टिङ प्रक्रिया पूरा हुनै लागेको मेकरहरूले बताएका थिए । टक्शिक यशको १९ औँ फिल्म हुनेछ । फिल्म गीतु मोहनदास द्वारा निर्देशन र केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सको सह–निर्माणमा बन्न लागेको छ । फिल्म आगामी वर्षको अप्रिल १० मा हलमा आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप