महासङ्घलाई खतिवडाको प्रश्न : पत्रकारको समस्याबारे श्रम अदालतमा मुद्दा लड्न सक्छ ?
काठमाडौँ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले श्रमजीवी पत्रकारका जीवन यापनका लागि सरकारले राम्रो योजना ल्याउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन समारोहलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रले भोगेको समस्या, श्रमजीवी पत्रकारको सुरक्षाका लागि सरकारको योजनामाथि प्रश्न समेत उठाए ।
‘सञ्चार क्षेत्रको विकासको लक्ष्य के हो ? दूर दराजमा समस्यामा परेका पत्रकारलाई संरक्षण गर्न सरकारको योजना के छ ? श्रमजीवी पत्रकारको रोजीरोटीको व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक, रोजगारी, उनीहरूको संरक्षणका लागि सरकारले उचित पहल गर्नुपर्छ’, उनले भने ।
यस्तै उनले शुद्धिकरणको नाममा एकथरीलाई शुद्ध गराउने, अन्यलाई अशुद्ध बनाउने खेल पत्रकार महासङ्घले नगरोस् भन्दै उनले सुझाव दिएका छन् ।
महासङ्घले संविधान बमोजिम खुलेका मिडियालाई मूलधार र सहायकधार भनेर किन छुट्टाइएको पनि जिज्ञासा राखे । पत्रकार महासङ्घ बन्यो । श्रम शोषणमा परेका पत्रकारका विषयमा श्रम अदालतमा मुद्दा लड्न सक्छ कि सक्दैन भनेर प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई बुँदे सहमतिपछि ३१ औँ दिनमा खुल्यो कटहरिया नगरपालिकाको ताला
-
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’
-
कांग्रेसले नचिनेको चिनियाँ सदाशयता
-
रुस–युक्रेन युद्धमा ट्रम्पले किन लिए चीनको नाम ?
-
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
शक्ति बस्नेतले शक्तिको दुरुपयोग गरी संस्थागत धाँधली गरेको जनार्दन निकट विद्यार्थीहरूको आरोप