बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु

रियो द जेनरियो । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । राज्यभर कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । लगातारको मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा झनै धेरै क्षति भएको बताइएको छ । बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोन्काल्भ्स् शहरको बिचमा रहेको थियो ।
बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ । सो क्षेत्रमा थप वर्षा हुने मौसम विभागले भविष्यवाणी गरेको छ । हालैका दिनमा बाढीका कारण ब्राजिलमा कयौँको ज्यान गएको छ ।
गएको वर्ष रियो ग्रान्ड दू सुलमा चक्रवातका कारण ३० जनाभन्दा धेरैको मृत्यु भएको थियो । एल निनोका कारण विषम मौसमी अवस्था बढेको ब्राजिलको मौसम विभागले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा