फिल्म निर्देशन गर्दै गायक प्रकाश सपुत
शुक्रबार, २१ वैशाख २०८१, ११ : १३

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुत फिल्म निर्देशन गर्ने भएका छन् । उनले आफ्नो लेखन तथा निर्माण रहने गरेर एक फिल्मको तयारी गरेका छन् । जसमा निर्देशनको अलवा अभिनय समेत उनकै रहनेछ ।
फिल्मको लेखन सकेर अहिले कलाकार छनौटको चरणमा रहेको सपुतले बताए । आइतबारसम्म फिल्मको नाम र कलाकार फाइल हुने उने जानकारी दिए ।
‘परदेशी–२’ बाट नेपाली फिल्म अभिनयमा प्रवेश गरेका सपुतले फिल्मका लागि टिजर समेत तयार पारिसकेका छन् । फिल्मको नायिकाको लागि अभिनेत्री स्वस्तिमा खड्का कुराकानी भैरहेको छ ।
स्वस्तिमा र प्रकाशले यसअघि एउटा गीतको भिडियोमा सहकार्य गरेका थिए । उनीहरू ठुलो पर्दामा पनि सहकार्य हुन सक्ने सम्भावना रहेको छ ।
प्रकाशले केही अगाडि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि साइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव
-
एमाले कार्यालय अगाडिका अवैध संरचनामा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरहरू)
-
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा