फ्राईडे रिलिज : देशभर ‘मनसरा’
-(1)_u9IXEnF8DW.jpg)
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
यद्यपि, देशभरका हल ‘मनसरा’ले मात्र पाएको छैन । गत साता प्रदर्शनमा आएको ‘बोक्सीको घर’ र गत वर्षको चैत्रमा रिलिज भएको ‘महाजात्रा’ले अझै धेरै स्टेसन कब्जा जमाएर बसेको छ, भने एक हलिउड फिल्म ‘द फल गाइ’ पनि आएको छ । यो फिल्मले पनि केही स्टेसन पाएको छ ।
‘मनसरा’ उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म हो । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सहनिर्माता हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ ।
फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो