शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्‍याउँछ'

शुक्रबार, २१ वैशाख २०८१, ०८ : ५१
शुक्रबार, २१ वैशाख २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउने बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा शुभकामना सन्देश दिँदै पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवर्द्धन लागि प्रदेश सरकारको ध्यान जाने पनि बताए । 

‘पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरूलाई अनुसरण गर्दै आफूप्रतिको सामाजिक विश्वास अभिवृद्धि गर्नेतर्फ सन्देश दिन सक्नुपर्छ,’उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ ।’ प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्त्वपूर्ण माध्यम पनि भएको उनको बुझाइ छ । 

‘विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण मार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु,’उनले भने।                                              

 संविधानले प्रेस तथा सूचना प्रविधि सम्बन्धी कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भए पनि तद्अनुसार कानुनी व्यवस्था हुन नसकेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप