औलो रोगी घटे झापामा
काँकडभिट्टा झापा - औलोको सङ्व्रmमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराएका हुन् ।
तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी रहेका थिए । तर, सो सङ्ख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाखसम्ममा सो सङ्ख्या अझ घटेर ४ जनामात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाँइको भनाई छ ।
विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उहाँको भनाई थियो ।
उहाँले जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिरामी पाइएको बताउनुभयो । रोगको निदान गर्नका लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा सातसय किटनाशक झुल वितरण गरिसकेको बताउनुभयो ।
उहाँले औलोको सङ्क्रमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको बताउनुभयो । उहाँले खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीका कारण पनि सङ्व्रmमण फैलिएको बताउँदै औलो उन्मूलन गर्न अझै केही समय लाग्ने बताए ।
झापाका प्रभावित स्थानीय तहका वडामा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने योजना रहेको जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर वेदप्रकाश घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए