कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
बिहीबार, २० वैशाख २०८१, १३ : ३९
![कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही](https://npcdn.ratopati.com/media/news/gyanendra_SF3yO737R9.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्मा आन्दोलन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए ।
उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए ।
उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
-
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
-
नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
-
‘सक्ने भए मलाई रोकेर देखाऊ’ : मस्कलाई कसले भने यस्तो ?
-
आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै