अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए
_9BlGcSioOv.jpg)
काठमाडौँ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो ।
यस्तो आगमन प्रि–कोभिड ( सन् २०१९) को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए । योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ ।
कुन देशबाट कति भित्रिए ?
नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् । यो कूल संख्याको २७.०७७ प्रतिशत हो । यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् ।
अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?