‘सिधा कुरा’ विरुद्धको मुद्दा न्यायाधीशद्वय फुयाल र पौडेलको संयुक्त इजलासमा
बिहीबार, २० वैशाख २०८१, ११ : १०

काठमाडौँ । ‘सिधा कुरा डट कम’का प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतविरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’समेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी रिट निवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि