मन्त्रिपरिषद् बैठक चार बजे बस्ने
बिहीबार, २० वैशाख २०८१, ०९ : ३९

काठमाडौँ । बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
यसैबिच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु