च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी पराजित
बिहीबार, २० वैशाख २०८१, ०५ : ४९

म्युनिख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमण्डले झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा टोलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो ।
खेलमा निकलास फुलक्रुगले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ३६ औँ मिनेटमा घरेलु टोलीका लागि गोल गरे । यो सिजन प्रतियोगितामा उनको तेस्रो गोल थियो ।
पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसरहरु गुमाएको थियो । किलियान एम्बाप्पे र अचरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो भने डर्टमण्डका लागि फुलक्रुगले पनि दोस्रो गोल गर्ने अवसरबाट चुकेका थिए ।
अब दोस्रो लेग पीएसजीको घरेलु मैदानमा आगामी मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म