मुख्यमन्त्री सोडारीले विश्वासको मत लिए संसद् अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
-(1)_4RF8HzfTo7.jpg)
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।
असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो ।
रातोपाटीसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’
त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।
उनले भने, ‘उनले विश्वासको मत पाउने, नपाउने आफ्नो ठाउँमा छ । तर हामी विधि पद्धति तथा संविधानको मर्म र पक्षमा छौँ । त्यसप्रति प्रतिवद्ध पनि छौँ । गलत नजीरको विरुद्धमा हामी छौँ ।’
मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक समेत बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता
-
वीरगन्जमा कर्फ्यु लम्बियो
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो