वामपन्थी विश्लेषक रोशन जनकपुरीले लामो समय माओवादीमा रहेर राजनीति गरे । ६५ वर्षीय जनकपुरी हाल कुनै पनि पार्टीमा आबद्ध छैनन् तर, वामपन्थी विचारलाई प्रचार गर्न, त्यसलाई विस्तार गर्न अहिले पनि उत्तिकै सक्रिय छन् ।
वामपन्थी लेखकको रूपमा परिचय बनाएका जनकपुरीले अहिले आफ्नो अधिकांश समय लेखनमा नै दिएका छन् । पत्रकारिता पृष्ठभूमिका उनीसँग देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा रातोपाटीले अन्तर्वार्ता गरेको छ । मधेस सरकार र माओवादीप्रति उनको धारणालगायतका विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरको वासी हुनुहुन्छ । मधेस सरकारलाई नजिकबाट हेरिरहनु भएकै होला । वर्तमान प्रदेश सरकारबारे तपाईंको धारणा के छ ?
–अन्य प्रदेशभन्दा मधेस प्रदेश विशेष र फरक हुनुपर्ने थियो । तर त्यस्तो देखिएन । जसरी अन्य प्रदेशका सरकार चलिरहेका छन्, त्यसरी मधेस प्रदेश सरकार पनि चलिरहेको छ । त्यही परम्परागत शैलीबाट सरकार सञ्चालन भइरहेको छ । सरकारले खासै केही नयाँ गर्न सकेको छैन ।
जनताको हितभन्दा पनि अहिलेको राजनीति पेसाको रूपमा विकसित भइसकेको छ । हुन त राजनीति एउटा पेसा नै हो । तर, त्यो आर्थिक लाभका लागि होइन, जनता लाभका लागि हुनुपर्छ । अहिलेको राजनीति आर्थिक उपार्जनका लागि भइरहेको छ । यो मामिलामा मधेस प्रदेश धेरै अगाडि छ ।
यहाँका नेताहरूले राजनीतिलाई व्यापार बनाइसकेका छन् । व्यापारीले जसरी आफ्नो व्यापारमा लगानी गरेर त्यसबाट फाइदा लिने काम गर्छ, त्यसरी नै यहाँ राजनीतिमा पनि लगानी गर्ने र त्यसबाट आर्थिक लाभ लिने काम भइरहेको छ । राजनीतिमा गरेको खर्च कसरी उठाउनेतिर मात्र दलहरूले ध्यान दिएका छन् ।
–पक्कै पनि । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा भूमिका खेलेको आधारमा मधेस प्रदेश अरू प्रदेशभन्दा केही फरक हुनुपर्ने हो । धेरैको अपेक्षा पनि त्यही छ । तर मधेस प्रदेश सरकारले आफूलाई फरक देखाउन सकेन । मन्त्री हेरफेर, सरकार परिवर्तनजस्ता कुराहरू अन्य प्रदेशसँग मिल्दोजुल्दो छ । विकास निर्माणको मामिलामा पनि हालत उस्तै छ । यहाँ पनि भ्रष्टाचारका घटनामा कोही न कोही मुछिरहेका नै हुन्छन् ।
–यो पुरानै कुरा हो । मधेसलाई हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक हो । यहाँका केही नेता र व्यक्तिमा समस्या छ । राजनीतिको बारेमा जानकार नै नरहेका, गैरराजनीतिक पृष्ठभूमि भएका कतिपय आएका छन् । उनीहरूलाई के गर्ने हो भन्ने कुनै आइडिया नै हुँदैन ।
मधेसवादी दलको यो देशमा हैसियत के छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरूमध्ये कोही नेपाली कांग्रेसको पुच्छर भएका छन् भने कोही नेकपा एमालेको त कोही माओवादीको पुच्छर भएका छन् ।
तपाईंले सुन्नु भएकै होला बिना योजना नै कार्यक्रम सञ्चालनका लागि कुनै मन्त्रीले आफ्नो छोरालाई बजेट दिनुभएको कुरा । यस्ता धेरै अपरिपक्वताहरू देखाइएको छ । यसले गर्दा मधेस प्रदेश सरकारको आलोचना हुने गरेको छ । यस्ता घटनाहरू अरू प्रदेशहरूमा पनि हुन्छन् । तर, उनीहरूले मिलाएर भ्रष्टाचार गर्छन् । मधेस प्रदेशमा त भ्रष्टाचार गर्न पनि जानेका छैनन् । त्यही कारणले उनीहरू बढी बदनाम भइरहेका छन् ।
–जुन पार्टी (जसपा)ले मधेस आन्दोलनको नेतृत्व गर्यो, त्यही पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यही पार्टीसँग जनताको अपेक्षा पनि धेरै थियो । तर जनताको अपेक्षामा त्यो पार्टी खरो उत्रन सकेन ।
वास्तवमा मधेस आन्दोलन कुनै वैचारिक आधारमा अगाडि बढेको थिएन, त्यो निश्चित एजेन्डाको आधारमा भएको थियो । अहिले ती एजेन्डाहरू सकिएका छन् । जनतामा बेच्नका लागि अब ती दलहरूसँग केही पनि छैन ।
मधेसवादी दलको यो देशमा हैसियत के छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरूमध्ये कोही नेपाली कांग्रेसको पुच्छर भएका छन् भने कोही नेकपा एमालेको त कोही माओवादीको पुच्छर भएका छन् । आफ्नो मनले उनीहरू केही पनि गर्न सकिरहेका छैनन् । यसको प्रभाव प्रदेश सरकारमा पनि परेको देखिन्छ । त्यसैले जनताको नजरमा मधेस सरकार र त्यसको नेतृत्वमा रहेको दलको लोकप्रियता घटेको छ ।
वास्तवमा मधेस आन्दोलन कुनै वैचारिक आधारमा अगाडि बढेको थिएन, त्यो निश्चित एजेन्डाको आधारमा भएको थियो । अहिले ती एजेन्डाहरू सकिएका छन् । जनतामा बेच्नका लागि अब ती दलहरूसँग केही पनि छैन । त्यही भएर उनीहरू दिनानुदिन अलोकप्रिय हुँदै गइरहेका छन् ।
कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलबाट आएका नेताहरूले मधेस आन्दोलन गरेका थिए । एजेन्डा नै सकिएपछि ती नेताहरू पनि पुरानै पार्टीमा फर्किरहेका छन् । आन्दोलनको एजेन्डा नै सकिएपछि क्षेत्रीय पार्टी चलाइराख्नुको अर्थ पनि हुँदैन । त्यही भएर पनि उनीहरूको अलोकप्रियता बढ्दै गएको हो । तर अलोकप्रियताको अपजसको भागिदार जसपा नै बढी हुनुपर्छ । मधेस सरकारको नेतृत्व गर्ने पार्टी भएकाले ऊ अलि बढी दोषी देखिन्छ ।
–होइन, यो एउटा न्यारेटिभ खडा गर्ने काम मात्र हो । मधेसप्रति गलत सोच राख्नेले मात्र यस्तो अभिव्यक्ति दिने गरेका छन् । वास्तवमा गणतन्त्र मधेसका कारण होइन, संघीय सरकारको कारण, ठुला नेता तथा दलका कारण खतरामा छ । संघीयताविरोधी शक्तिहरू केन्द्रीय सरकारमा सहभागी भएका छन् । उनीहरूको गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ । राजतन्त्रको वकालत गर्ने राप्रपासँग कांग्रेस, एमाले र माओवादीले सत्ता सहकार्य गरेकै हो । संघीयताको पक्षमा नदेखिएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन बनाइएको छ भने मधेस प्रदेशका कारण कसरी गणतन्त्र खतरामा हुन्छ ? त्यो भनेको मधेसलाई बदनाम गराउने काम मात्र हो । तर यति भनिरहँदा मधेस प्रदेशका दलहरू पनि संघीयताप्रति गम्भीर भने छैनन् । संघीयतालाई संस्थागत गर्न उनीहरू पनि गम्भीर देखिएका छैनन् ।
–लेनिनले भनेका छन्, लोकतन्त्र दुई खालका हुन्छन् । एउटा सुसंगत लोकतन्त्र र अर्को असंगत लोकतन्त्र । यस्तो लोकतन्त्र जसले समाजवादतिर डोर्याउँछ, समाजवादको बाटो तय गर्छ र जनताका अधिकारहरू सुरक्षित राख्छन्, त्यो लोकतन्त्र सुसंगत लोकतन्त्र हो । कम्युनिस्टहरूले त्यसको अभ्यास गर्नुपर्छ ।
त्यस्तै लोकतन्त्र जसले समाजवादको बाटोमा अवरोध सृजना गर्छ, जनतासँग धोकाधडीको सम्भावनालाई अगाडि लैजान्छ, त्यस्तो लोकतन्त्र असंगत लोकतन्त्र हो । कम्युनिस्टहरूले त्यस्तो लोकतन्त्रको अभ्यास गर्नुहुँदैन । तर माओवादीले त्यही गल्ती गर्दैछ ।
उसलाई बजारले घेर्यो, पुँजीवादले घेर्यो, साम्राज्यवादी शक्तिहरूले घेरे । उसले आफूले नै विरोध गर्दै आइरहेको कुरालाई एकपछि अर्को गर्दै स्वीकार गर्दै गयो ।
माओवादीसँग जनताले निकै ठुलो अपेक्षा गरेको थियो । माओवादीसँग नयाँ जनवादी राज्यको अपेक्षा थियो । गरिबहरूको अपेक्षा थियो । जो सबभन्दा तल थिए, ती सबैभन्दा अगाडि आउँछन् भन्ने अपेक्षा थियो । जो सबैभन्दा भोको थिए, उनीहरूले सबैभन्दा पहिले खान पाउँछन् भन्ने अपेक्षा थियो । तर सत्तामा आएपछि माओवादीले सबै कुरा छाडिदियो ।
उसलाई बजारले घेर्यो, पुँजीवादले घेर्यो, साम्राज्यवादी शक्तिहरूले घेरे । उसले आफूले नै विरोध गर्दै आइरहेको कुरालाई एकपछि अर्को गर्दै स्वीकार गर्दै गयो ।
लोकतन्त्रले जनताको आकाङ्क्षा पूरा गरिरहेको छैन । माओवादी आएपछि सरकारी स्कुल, सरकारी अस्पतालहरूमा जनताका लागि सुविधा बढ्नुपर्ने हो, तर त्यस्तो भएको छैन । बरु सुविधा झन् कमजोर भएको छ, जनताले झनै दुःख पाइरहेका छन् । निजी स्कुल र अस्पताललाई अगाडि बढाउने काम भइरहेको छ । निजी स्कुलहरूले सरकारलाई टेरिरहेको छैन । यसको अर्थ पुँजीवाद बढिरहेको छ । समाजवादलाई अगाडि बढाउनुको सट्टा पुँजीवादलाई अगाडि बढाउने काम भइरहेको छ ।
–माओवादी बिग्रिनुको कारण आफ्नो लक्ष्यबाट विचलित हुनु र जनवादी चरित्र छाड्दै जानु नै हो । माओवादीले राम्रा मुद्दाहरू उठाएकाले जनयुद्धमा धेरैले साथ दिएका थिए । तर उनीहरूबाट पनि जनताको अपेक्षा पूरा नहुने भएपछि साथ गुमाउँदै गएको छ ।
यसले पनि पुष्टि हुन्छ, माओवादी प्रयोग मात्र भइरहेको छ ।
पहिलो संविधान सभामा एक नम्बरको पार्टी बनेको माओवादी त्यसपछि बिस्तारै तल तल किन झर्दै गयो ? जनताको त्यत्रो मत कहाँ गयो ? अहिले पनि माओवादीले आफूलाई नसच्याउने हो भने झन् तल जाने पक्का छ ।
अर्कोतर्फ माओवादी सत्तामा भए पनि पुँजीवादले उसलाई पत्याइरहेको छैन । माओवादीले आफ्नो सम्पूर्ण दस्ताबेज नै परिवर्तन नगरेसम्म पुँजीवादले पत्याउँदैन पनि । पुँजीवादीहरूले माओवादीलाई प्रयोग मात्र गरिरहेका छन् । पार्टी व्यापारी, ठेकेदारहरूले भरिभराउ छ । पुँजीवादको घेरामा हुँदा पनि माओवादीको भोट किन बढिरहेको छैन ? यसले पनि पुष्टि हुन्छ, माओवादी प्रयोग मात्र भइरहेको छ ।
–जनयुद्ध लड्ने बेला मधेसमा मधेसवादी दलहरू बनेका थिएनन् । त्यसले गर्दा मधेसमा माओवादीको राम्रो उपस्थिति थियो । मधेसले माओवादीलाई साथ पनि दिएको थियो । तर जनयुद्धपछि जब मधेस केन्द्रित दलहरू बन्न थाले, अनि माओवादीको आकार घट्न थाल्यो । माओवादीले मधेसको एजेन्डा पनि छाड्दै गएपछि अन्य दलहरू बलिया हुँदै गए ।
माओवादीले आफ्नो एजेन्डा र लक्ष्य छाड्दै गएपछि पहिचानवादी शक्तिहरू एक ठाउँमा सङ्गठित हुन थाले । मधेसवादी दलहरूले पनि आन्दोलनमार्फत माओवादी जस्तै एउटा ह्वीम खडा गरेको थियो । एजेन्डा सकिएपछि अहिले मधेसवादी दल कमजोर भए, उता आफ्नो विचार छाड्दै गएपछि माओवादी कमजोर भयो ।
–मधेसमा मधेसवादी दलहरू एजेन्डामा आधारित राजनीति गरिरहेका छन् । त्यसैमा आधारित रहेर राजनीतिलाई लिड गरिरहेका छन् । अरू प्रदेशमा त्यसरी एजेन्डामा आधारित राजनीति भइरहेको छैन । अन्य प्रदेशमा परम्परावादी ढंगले राजनीति गरिरहेका कांग्रेस र एमालेजस्ता पार्टीको बिचमा मात्र प्रतिस्पर्धा छ, तर मधेसमा त्यस्तो छैन । यहाँको राजनीतिलगायत धेरै कुरा फरक छ ।
जनयुद्धको बेलामा जसरी माओवादी सबै उत्पीडनहरू विरुद्धको आवाज बनेको थियो, त्यसरी नै अहिले पनि आवाज बन्नुपर्छ ।
–मधेस मुक्तिका लागि जनवादी एजेन्डालाई अगाडि बढाउनुपर्छ । मधेसमा देखिएको समस्या समाधानका लागि माओवादीले एजेन्डा बनाउनुपर्छ । आवश्यक परे मधेसका लागि माओवादीले सडक आन्दोलन नै गर्नुपर्छ । संगठन निर्माणमा आमूल परिवर्तन गर्नुपर्छ । यहाँको गरिबको बारेमा बोल्नुपर्छ, मजदुर र किसानको बारेमा बोल्नुपर्छ ।
जनयुद्धको बेलामा जसरी माओवादी सबै उत्पीडनहरू विरुद्धको आवाज बनेको थियो, त्यसरी नै अहिले पनि आवाज बन्नुपर्छ । जतिबेला जनयुद्ध चलिरहेको थियो, त्यतिबेला एउटा मुसहरले पनि आफूलाई शक्तिशाली ठानेको थियो । ठूल्ठूला जमिनदार, धनी व्यक्तिहरू पनि उनीहरूसँग डराउँथे । दलितहरूले पनि आफूलाई ताकतवर मानिरहेका थिए । पिछडिएकाहरू आफूलाई समाजमा सम्मानित महसुस गर्न थालेका थिए । जमिनदार तथा धनीहरूलाई के थाहा थियो भने यी दलितहरूको पछाडि माओवादीहरू छन् ।
अहिले माओवादीमाथिको विश्वास टुटेको छ । त्यो विश्वास मात्र जगाउन सक्यो भने माओवादी पुनः बलियो भएर आउँछ । अनि मात्र माओवादीले ड्यामेज कन्ट्रोल गर्न सक्छ । जनवादी लडाकु चरित्र पुनः विकास गर्यो भने ड्यामेज कन्ट्रोल हुन्छ ।
–देशमा आमूल परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ, सशस्त्र आन्दोलन नै गर्नुपर्छ । तर अहिलेको अवस्थामा हतियार नउठाई पनि आन्दोलन गर्न सकिन्छ । किसानले बीउ, मल पाएन भने कृषि कार्यालय घेर्नुपर्छ । खानेपानी पाएन भने खानेपानी कार्यालय घेर्नुपर्छ । अर्थात् जनतालाई के आवश्यकता छ, त्यसको लागि माओवादीले आवाज उठाइदिनुपर्छ । जनताको आवश्यकता पूरा गर्न दबाब दिनुपर्छ । जनतालाई लागोस् कि माओवादीले मेरो लागि काम गरिरहेको छ । जनताको पार्टी भएपछि अरू केही गर्नै पर्दैन, जनताले साथ दिइहाल्छ ।
खासमा भन्ने हो भने माओवादीमा माओवादको विचार नै रहेन । नाम माओवादी भए पनि दस्ताबेजमा आधिकारिक रूपमा माओवाद छैन ।
–हो, पार्टीमा यहाँ द्वन्द्व छ । अवसरवादीहरू हाबी भएका छन् । विचारबाट अलग भएपछि नै पार्टीभित्र नेता–नेता बिच द्वन्द्व सुरु भएको हो, गुटबन्दी सुरु भएको हो । जनताका लागि राजनीति नगर्ने र कुर्सीका लागि राजनीति गर्नेहरूको बिचमा यस्तै हुन्छ । जहाँ स्वार्थको राजनीति हुन्छ, त्यहाँ यस्ता गुटबन्दी र खुट्टा तान्ने राजनीति हुन्छ । माओवादीमा त्यही भइरहेको छ । एकता केन्द्र र माओवादीबिच एकीकरण भएको लामो समय भइसक्यो तर उनीहरूले अहिलेसम्म गुट चलाइरहेका छन् । पार्टीभित्र लिडरसिप कमजोर भएको कारणले पनि यो अवस्था आएको हो । पार्टीको लिडरसिपमा नै स्वार्थ देखिएको छ ।
–खासमा भन्ने हो भने माओवादीमा माओवादको विचार नै रहेन । नाम माओवादी भए पनि दस्ताबेजमा आधिकारिक रूपमा माओवाद छैन । माओवादीमा अवसरवादीहरू बढ्दै गइरहेका छन् जुन कुराको जानकारी मैले पार्टीमा पटक–पटक गराएको थिएँ । तर त्यसको कुनै सुनुवाइ भएन । त्यसपछि म माओवादी छाडेर मोहन वैद्यको साथमा लागेँ । तर मोहन वैद्यको पार्टीमा सिर्जनात्मकताको अभाव छ । त्यहाँ अलि शास्त्रीयता बढी देखियो । मैले त्यो कुरा पनि पार्टीमा राखेँ तर मोहन वैद्यजीले त्यसै गरी पार्टी चलाउन खोज्नुभयो । अनि म त्यहाँबाट पनि अलग भएँ । अहिले म कुनै पार्टीमा छैन ।
–माओवादी भनेको संसदीय राजनीतिको पार्टी हो, माओवादी विजय पनि हो, माओवादी आन्दोलन पनि हो, माओवादी एउटा विचार पनि हो । यसलाई कुन रूपमा हेर्ने, त्यो मुख्य कुरा हो । राजनीतिक रूपमा माओवादी सकिँदैन, एउटा परम्परावादी पार्टीको रूपमा रहिरहन्छ । तर कुन रूपमा रहन्छ त्यो हेर्न बाँकी छ । माओवादीभित्र पनि केही इमानदार नेताहरू छन्, जो त्यहाँभित्र छटपटाइरहेका छन् । उनीहरू उकुसमुकुसको अवस्थामा रहेका छन् । तर उनीहरूले पनि केही गर्न सकिरहेका छैनन् ।
प्रतिक्रिया