शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी हुन् सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरू

बुधबार, १९ वैशाख २०८१, १८ : ४४
बुधबार, १९ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय सिनेमाको इतिहास सय वर्षभन्दा धेरै पुरानो छ । यस अवधिमा भारतीय फिल्म उद्योगले लाखौं फिल्म बनाइसकेको छ । तर गएको केही वर्षमा उद्योगमा कयौँ नयाँ कीर्तिमान बनेको छ । 

पछिल्ला वर्षहरूमा भारतीय फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । यो वर्ष आउन लागेको कल्की २८९८ एडी लगायत केही फिल्मले उद्योगमा नयाँ मानक स्थापित गर्ने आशा गरिएको छ । यी फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि भरपुर कमाई गरेका थिए । यो सूचिमा विश्वभर १ हजार करोड भारुभन्दा धेरै कमाउने फिल्महरू राखिएका छन् ।

दंगल

नितेश तिवारीको निर्देशनमा बनेको दंगल सन् २०१६ मा रिलिज भएको थियो । यस फिल्ममा बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान, साक्षी तन्वर, सान्या मल्होत्रा र फातिमा सना शेख मुख्य भूमिकामा देखिएका थिए । फिल्ममा आमिरले पहलवान महावीर सिंह फोगाटको भूमिका निभाएका थिए । भारतीय पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । आमिर पनि यो फिल्ममा निर्माताको रुपमा जोडिएका थिए । रिलिज हुनेबित्तिकै फिल्मले आफ्नो नाममा कयौँ रकेर्ड बनाएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मले विश्वभर २ हजार करोड भारुभन्दा बढी कमाइ गरेको थियो ।

बाहुबली २

एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबली २ बाहुबलीको सिक्वेल थियो । फिल्मको पहिलो हिस्सा सन् २०१५ मा रिलिज भएको थियो । यस फिल्ममा प्रभास, राण दुग्गबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराज आदि मुख्य भूमिकामा देखिएका थिए । बाहुबली २ सन् २०१७ मा हलमा आएको थियो । बाहुबलीले दर्शकको मनमा ठुलो जिज्ञासा पैदा गरेको थियो । जसका कारण पनि दोस्रो भागलाई व्यग्रताका साथमा कुरिएको थियो । फिल्म रिलिज भएपछि  सफलताको नयाँ आयाम बन्यो । मिडिया रिपोर्टका अनुसार यो फिल्मको विश्वभरमा करिब १ हजार ८०० करोड भारु व्यापार गरेको थियो ।

आरआरआर

बाहुबलीबाट देशभर चर्चित भएका निर्देशक एसएस राजामौलीको यो अर्काे फिल्म थियो । अघिल्लो फिल्मको सफलतापछि सबै उनको नयाँ फिल्मको प्रतीक्षामा थिए । सन् २०२२ मा रिलिज भएको यो फिल्ममा जुनियर एनटीआर, रामचरण तेजा, आलिया भट्ट र अजय देवगन महत्वपूर्ण भूमिकामा थिए । यो भारतीय स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीममा आधारित काल्पनिक फिल्म थियो । भारतमा मात्रै नभई विदेशमा पनि फिल्मले निकै प्रशंसा पायो । यस फिल्मको गीत नाटु–नाटुले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड नै पायो । मिडिया रिपोर्टका अनुसार फिल्मले विश्वभर करिब १ हजार ३ सय करोड भारु कमाएको थियो ।

केजीएफ २

केजीएफ २ सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजीएफको दोस्रो भाग थियो । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मको एक्सन जबरदस्त थियो । एक्क्शनै कारण फिल्म निकै चर्चित भयो । फिल्मका मुख्य कलाकार यश यस फिल्मपछि राष्ट्रिय स्तरमा चर्चित अभिनेताका रूपमा देखिए । फिल्मले घरेलु बक्स अफिसमा कमाइका हिसाबले धेरै रेकर्ड बनायो । यो फिल्मले पनि विश्वभर करिब १ हजार ३ सय करोड भारुको व्यापार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप