श्रमिक दिवस कम्युनिस्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोखरेल

कैलाली । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिस्ट पार्टीको पनि उत्सव भएको धारणा राखेका छन्
बुधबार १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसलाई एकता र सङ्घर्षको रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।
उनले भने, “अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ ।”
उपमहासचिव पोखरेलले सरोकारवाला पक्षले मजदुरको पक्षमा बनाइएका कानुनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित गर्ने कामलाई व्यावहारिकरुपले अघि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताए । उनले भने, “श्रमिकले औजार चलाउन जान्नुपर्ने हुन्छ, जानेन भने रोजगारी पाउन समस्या हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश