शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू

बुधबार, १९ वैशाख २०८१, १७ : ४५
बुधबार, १९ वैशाख २०८१

नयाँ दिल्ली । हिन्दी फिल्ममा खलनायकलाई पनि निकै महत्त्वपूर्ण मानिन्छ । एउटा फिल्मलाई जीवन्त बनाउन दमदार भिलेन पनि पर्याप्त भएको केही फिल्मले साबित गरिसकेका छन् । 

आफ्नो अभिनय कलाले मानिसको मनमा विशेष स्थान बनाउन सफल भएका बलिउडका केही कलाकारहरूले खलपात्रको भूमिका निर्वाह गरेर दर्शकहरूमाझ आफ्नो विशेष स्थान बनाएका छन् ।  

प्राण

हिन्दी सिनेमाको सबैभन्दा खतरनाक खलनायकमा गनिन्छन् प्राण । ६० र ७० को दशकमा उनले धेरै फिल्ममा नकारात्मक भूमिका निर्वाह गरेका थिए । जंजीरका लागि उनले अमिताभ बच्चनले भन्दा बढी पैसा लिएका थिए ।

अमरीश पुरी

अमरीश पुरी पनि बलिउडमा सर्वाधिक सफल खलनायकमध्ये एक थिए । आफ्नो जीवन्त अभिनयले अहिले पनि उनले करोडौँको मनमा राज गरेका छन् । मिस्टर इन्डिया फिल्ममा मोगाम्बोको भूमिकाका लागि उनलाई अहिले पनि धेरैले सम्झिन्छन् । मिडिया रिपोर्टका अनुसार उनले यो फिल्मका लागि अनिल कपुरभन्दा धेरै पारिश्रमिक लिएका थिए ।

अक्षय कुमार

अक्षय कुमार हिन्दी चलचित्रका अनुभवी कलाकार मध्येका एक हुन् । अहिलेसम्म उनी नायकदेखि खलनायकसम्मको भूमिकामा देखिएका छन् । सबै विधाका फिल्ममा आफूलाई साबित गरिसकेका अक्षयले अब्बास मस्तानको फिल्म अजनबीमा नकारात्मक भूमिका निर्वाह गरेका थिए । उनले यो फिल्मका लागि बबी देओलभन्दा धेरै पैसा लिएका थिए ।

रणवीर सिंह

रणवीर सिंहको सबैभन्दा सफल फिल्म मध्ये एक हो पद्मावत । यसलाई सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए । फिल्ममा शाहिद कपुर र दीपिका पादुकोण पनि शीर्ष भूमिकामा देखिएका थिए । फिल्ममा रणवीरले अलाउद्दीन खुल्जीको भूमिका निभाएका थिए । यसका लागि उनले शाहिदभन्दा बढी शुल्क लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप