सशस्त्रका १६ जना डीआईजीहरुको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा गरेका हुन् । डीआईजी ई.किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ ।
नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगर, नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्री र नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ । नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ ।
प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ । नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
घाइते हात्ती बस्ती नजिक आउन थाले
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा