बाहुबली क्राउन अफ ब्लड लिएर आउँदैछन् राजामौली

नयाँदिल्ली । बाहुबली भारतीय सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये पर्दछ । यो फिल्मले दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषा बोलिने भेगमा मात्रै नभएर विश्वभर नै छुट्टै पहिचान दिन सफल भयो ।
दर्शकहरू अहिले पनि फिल्मको तेस्रो भाग कुरिरहेका छन् । फिल्मको पहिलो भाग ‘बाहुबलीः द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले यति रुचाए कि कयौं महिनासम्म हलमा यो फिल्म चलेको थियो ।
सन् २०१७ मा यस फिल्मको दोस्रो भाग ‘बाहुबली २ द कन्क्लुजन’ आयो । यो फिल्मले पनि बक्स अफिसमा शानदार कमाई गर्यो । यो फिल्मले कमाइको हिसाबले धेरै फिल्मको कीर्तिमान तोड्यो ।
अब निर्देशक राजामौली बाहुबलीको एनिमेटेड सिरिज लिएर आउँदैछन् । निर्देशक एसएस राजामौलीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट जारी गर्दै यो सिरिजको घोषणा गरेका हुन् । यस सिरिजको नाम ‘बाहुबली द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड सिरिज हुनेछ ।
राजामौलीले आफ्नो एक्स अकाउन्टमा भिडियो शेयर गरेर यो जानकारी दिएका छन् । यो भिडियोको ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ । ‘जब महिष्मतिका मानिसहरू उनको नाम जप्छन् तब ब्रह्माण्डको कुनै शक्तिले उनलाई फर्किनबाट रोक्न सक्दैन ।’
भिडियो शेयर गर्दै राजामौलीले लेखेका छन् । एनिमेटेड सिरिज ‘बाहुबली क्राउन अफ ब्लड’ को ट्रेलर चाँडै आउँदैछ ।
यसको कथा के हुनेछ र यसमा कलाकार को–को हुनेछन् भन्ने खुलाइएको छैन । यसमा कुन कलाकारको स्वर र लुक्स देखाइने छ भन्ने पनि बताइएको छैन । ‘बाहुबलीः क्राउन अफ ब्लड’ घोषणा भएपछि फ्यानहरू निकै उत्साहित छन् ।
एनिमेटेड सिरिजको घोषणा भएदेखि नै फ्यानहरू यसबारे जान्न उत्सुक छन् । यो शृङ्खला कहिले रिलिज हुन्छ र यसमा कुन–कुन कलाकारको अभिनय रहनेछ भन्ने उनीहरू जान्न खोजिरहेका छन् । एक फ्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुपर बाहुबली’ । अर्का प्रयोगकर्ताले यो नेटफ्लिक्समा आउने हो कि भनेर सोधेका छन् । अर्का एक जनाले ‘हाम्रो बाहुबली आइसकेको छ’ भन्दै प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर