दाइलाई भारत पठाउन रातारात राष्ट्रिय परिषद्काे अध्यक्षमा मनोनयन

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्ना दाइ जयकान्त राउतलाई भारत पठाउन रातारात पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष पदमा मनोनीत गरेको आरोप लागेको छ ।
उनलाई मनोनीत गरेको विषयमा पार्टीभित्र असन्तुष्टि देखिएको छ । जनमत पार्टीका एक नेताले भने, ‘पार्टीमा जयकान्त राउतको कुनै हैसियत थिएन, तर, रातारात राष्ट्रिय परिषद्को अध्यक्ष बनाएर भारत पठाउने निर्णय भएको छ ।’
भारतीय जनता पार्टी (भाजपा)ले भारतमा भइरहेको चुनावको बारेमा जानकारी गराउन नेपालका विभिन्न दललाई बोलाएको छ । त्यसमा जनमत पार्टीका अध्यक्ष राउतले परिषद् अध्यक्षको हैसियतमा दाइलाई पठाउने निर्णय गरेका हुन् ।
जयकान्त राउत यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । पार्टीका नेताहरूका अनुसार मंगलबार जनमतको सचिवालय बैठक बसेको थियो । तर सो बैठकमा जयकान्त राउतलाई राष्ट्रिय परिषद्को अध्यक्ष बनाउने विषयमा चर्चा समेत भएको थिएन । तर त्यसको भोलिपल्ट एकाएक उनलाई अध्यक्ष मनोनीत गरिएको पत्र थमाइएको हो ।
जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले प्रतिनिधि सभा निर्वाचनमा प्राप्त मतका आधारमा जयकान्तलाई आज अध्यक्ष बनाएको बताए ।
राष्ट्रिय परिषद्को अध्यक्षमा मनोनीत गरेपछि उनी त्यही हैसियतमा आजै भारत गएको प्रवक्ता यादवले बताए । निर्वाचनमा उनले सीकेपछि मत प्राप्त गरेको बताइएको छ ।
अध्यक्ष सिके राउतका दाइ नार्कका कर्मचारी थिए । २०७९ को चुनावमा जागिरबाट राजीनामा दिएर उनी सप्तरी–१ बाट चुनाव लडेका थिए ।
उनी चुनावमा पराजित भएपछि अध्यक्ष सिके राउतले राष्ट्रिय योजना आयोगको सदस्यमा पठाएका थिए । जनमत पार्टी सरकारबाट हटेपछि जयकान्त राउत पनि आयोगको सदस्यबाट हटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?