पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए
नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । गोल्डी हत्याको जिम्मा डल्ला–लखवीर गिरोहले लिएको छ ।
पन्जाब पुलिसमा थिए बरारका पिता
गोल्डी बरारको वास्तविक नाम सतिन्दरजीत सिंह हो । उनी १९९४ मा पन्जाबको मुक्तसर साहिब जिल्लामा जन्मिएका थिए । गोल्डीका पिता पन्जाब पुलिसका रिटायर्ड सब इन्स्पेक्टर हुन् । पन्जाबी गायक सिद्धु मूसेवालाको हत्यापछि मिडियामा उनको नाम चर्चामा थियो । तर यसअघि पनि उनको नाम हत्या र अपराधमा मुछिएको थियो ।
मूसेवालाको २०२२ मा भएको थियो हत्या
२०२२ को मे २९ मा पन्जाबको मानसा जिल्लाको जवाहरके गाउँ नजिकै सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । यो हत्याको जिम्मेवारी गोल्डी बरारले लिएका थिए । मोहालीको मिड्डुखेडा हत्यामा संलग्नलाई मूसेवालाका म्यानेजरले आश्रय दिएको र मूसेवालाले आफ्नो म्यानेजरलाई सहयोग गरेको भन्दै उनको हत्या गरिएको गोल्डीले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी