सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको मृत्यु

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको सम्बन्धी घटनामा पक्राउ परेका आरोपी अनुज थापनको मृत्यु भएको छ ।
अभिनेताको बान्द्रास्थित घरबाहिर गोलीबारी गर्नेहरूलाई हतियार दिएको आरोपमा अनुजलाई प्रहरीले पक्राउ गरेको थियो । उनले हिरासतमै आत्महत्याको प्रयास गरेको र तत्कालै नजिकैको अस्पताल लगिएको भए पनि मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ ।
यस मामिलामा पछिल्लो साता मात्रै प्रहरीले पन्जाबबाट २ जनालाई समातेको थियो । पक्राउ पर्नेमा ३७ वर्षीय सोनू सुभाष चन्द्र र ३२ वर्षका अनुज थापन थिए । अनुज लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा रहेको र उनले ट्रक चालकको रूपमा काम गर्दै आएको बताइएको छ ।
मुम्बई प्रहरीको अपराध शाखाले सूरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको जनाएको छ । यी हतियार अप्रिल १४ मा बिहान ५ बजेतिर अभिनेताको बान्द्रास्थित घरबाहिर गोली प्रहारमा प्रयोग भएको दाबी प्रहरीको छ । प्रहरीका अनुसार आक्रमणकारीलाई यी हतियार अनुज र सुभाषले दिएका थिए ।
यस मामिलामा पक्राउ परेका बिश्नोई ग्याङका दुई सुटर विक्की गुप्ता र सागर पाल पनि प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?