युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा
बुधबार, १९ वैशाख २०८१, १६ : ०२
![युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा](https://npcdn.ratopati.com/media/news/20240501155045_img_9600_copy_1600x1067_oz5hHSOy5c.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए । उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए । जबराले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने बताए । उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले भन्यो– कांग्रेससँग छलफल गर्न सकिन्छ
-
च्याम्पियन्स ट्रफीबाट बाहिरिए न्युजिल्यान्डका बलर बेन सियर्स
-
समय रैनाको शो मा गरेको टिप्पणी मामिलामा सर्वाेच्च अदालत पुगे रणवीर इलाहाबादिया
-
विरोध गरेर अध्यादेश पारित हुनबाट रोकिँदैन : महासचिव पोखरेल
-
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
-
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी