बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

गीति सङ्ग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक

बुधबार, १९ वैशाख २०८१, १५ : ५७
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । गीतिसंग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक भएको छ । ज्योति कोइरालाको उक्त गीतिसंग्रह मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला, लोकगायक बम बहादुर कार्की लगायतले बुधबार एक समारोहका बिच सार्वजनिक गरे ।

पुरानो स्थानीय लयहरू सङ्कलन गरी ल्याइएको सङ्ग्रहमा ६ गीत छन् । जसमा दीपक शर्माले एकल सङ्गीत दिएका छन् । बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि बनेको छ । 

कार्यक्रममाझ सर्जक ज्योति कोइरालाले गीतमा ७ दशक अघिको परिवेश समेटिएको बताइन् ।

कार्यक्रममा ज्योति कोइराला र उहाँका श्रीमान् ठाकुरप्रसाद कोइरालाले  डा. भगवान् कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैर नाफामूलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग समेत गरेका थिए । 

कार्यक्रममा लोक गायक बमबहादुर कार्कीले ज्योतीको संगालोमा तीज भाकाका पुराना गीतहरु संग्रीहत रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप