मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपालले लगातार गुमायो छैटौँ र सातौँ विकेट, जितबाट टाढिँदै
बुधबार, १९ वैशाख २०८१, १५ : १८

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले आफ्नो छैटौँ र सातौँ विकेट लगातार रुपमा गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको हो । विवेक रन आउट भई पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि विवेकले पाँच बलमा तीन रन जोडेका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय चार रन बनाएको छ ।
त्यसलगत्तै नेपालले गुलसन झालाई पनि गुमाएको थियो । गुलसन १० बलमा ६ रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका हुन् ।
१४.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी