अभिनेत्री रुपाली गांगुली भाजपामा
बुधबार, १९ वैशाख २०८१, १४ : ०२
![अभिनेत्री रुपाली गांगुली भाजपामा](https://npcdn.ratopati.com/media/news/rupali_DkxNTtmmre.jpg)
नयाँ दिल्ली । अभिनेत्री रुपाली गांगुली भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छन् । दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् ।
‘जब म विकासको महायज्ञ देख्छु तब त्यसमा म पनि सहभागी हुनुपर्छ भन्ने लाग्दछ । मलाई तपाईंहरूको आशीर्वाद चाहिएको छ, तपाईंहरूको साथ चाहिएको छ । म मोदीजीले देखाउनु भएको बाटोमा हिँड्न चाहन्छु’ गांगुलीले भनेकी छिन् ।
रुपाली गांगुलीले चर्चित टिभी सिरियल अनुपमाकी अनुपमा हुन् । यसअघि पनि उनी कयौँ टिभी शो र फिल्महरूमा देखिएकी छन् ।