आईसीटी डेमा नेपाल टेलिकमको अफर

काठमाडौँ । वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि अफर लिएर आएको छ । यो अफर बुधबारदेखि प्रारम्भ हुनेछ र आगामी २०८१ वैशाख २१ सम्म लागु हुनेछ ।
यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल