श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे विप्लव
बुधबार, १९ वैशाख २०८१, ११ : ३९

काठमाडौँ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ललितपुरस्थित हरिसिद्धिमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न पुगेका छन् ।
केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता सँगै महासचिवले गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएको जानकारी दिए । सो क्रममा विप्लवले विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुँजीपति वर्गबिचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने बताए ।
विप्लवले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’