भाजपाको निमन्त्रणामा को को जाँदै छन् दिल्ली ?

काठमाडौँ । भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालसहित विभिन्न १० देशका नेताहरूलाई निमन्त्रणा गरेको छ ।
नेपालबाट नेपाली काँग्रेसका उदयशम्शेर राणा, माओवादीका मातृका यादव, एमालेका विष्णु रिमाल र जनमत पार्टीका जयकान्त राउत भाजपाको निम्ता मान्न आज दिल्ली जाने भएका छन् ।
भाजपाले चुनावमा कसरी प्रचारप्रसार गर्छ, भाजपाको चुनावी एजेन्डा के-के छन्, भाजपा नेतृत्वको सरकारले के के कार्य गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउनुको साथै केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने बताइएको छ ।
भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लिग, इजराइलको लिकुड पार्टी, युगान्डाको नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना र युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोसलिस्ट मुभमेन्ट, लेबर पार्टी, मिलटेन्ट मुभमेन्ट, सोसल डेमोक्रेट पार्टीका प्रतिनिधिहरू दिल्ली जाने बताइएको छ ।
चुनावी पर्यवेक्षकको रूपमा आमन्त्रित विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दा, भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न