युरो कपबाट बाहिरिए बेल्जियमका गोलरक्षक थिबाउट

काठमाडौँ । बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसले निकट भविष्यमा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता खेल्न नसक्ने भएका छन् । उनी घुँडाको चोटका कारण युरो कपबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
३१ वर्षीय गोलरक्षक थिबाउट स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् । उनको घुँडाको लिगामेन्टमा गम्भिर समस्या देखिएको छ । उनले यो सिजन रियल म्याड्रिडको बाँकी खेल पनि खेल्न नसक्ने भएका छन् ।
रियल म्याड्रिडले जनाए अनुसार, फेरि उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने भएको छ । बेल्जियमको राष्ट्रिय टोलीका प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि थिबाउट आगामी युरो कपबाट बाहिरिएको समाचारको पुष्टि गरेका छन् ।
थिबाउटले बेल्जियमको राष्ट्रिय टोलीबाट एक सय दुई खेल खेलिसकेका छन् । ‘उनको घुँडामा समस्या देखिएको छ । यस्तो स्थितिमा हामी कुनै जोखिम उठाउने पक्षमा छैनौँ,’ प्रशिक्षक डोमेनिकोले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको तुलनामा कम धान खरिद
-
ब्राजिलकी पूर्वराष्ट्रपति रुसेफ अस्पताल भर्ना
-
महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’