कोलकाता नाइट राइडर्सका यी खेलाडीमाथि एक खेलका लागि प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सका एक खेलाडीमाथि एउटा खेलका लागि प्रतिबन्ध लगाइएको छ ।
कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर हर्षित राणा आईपीएलको आचारसंहिता उल्लङ्घनमा दोषी ठहर भएसँगै एउटा म्याचका लागि प्रतिबन्धित भएका हुन् ।
सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच भएको खेलमा राणाले आचारसंहिता विपरीत गतिविधि गरेको ठहर भएसँगै एक खेलका लागि प्रतिबन्ध र म्याच फिसको शत प्रतिशत जरिवाना गरिएको हो ।
आईपीएलको जारी सिजनमा उनी दोस्रो पटक आचारसंहिता उल्लङ्घनमा दोषी ठहर भएसँगै कडा सजाय दिइएको हो । यसअघि उनलाई सनराइजर्स हैदरावादविरुद्धको खेलमा पनि आचारसंहिता उल्लङ्घनमा दोषी ठहर गरिएको थियो । त्यतिबेला उनलाई म्याच फिसको ६० प्रतिशत रकम जरिवाना गरिएको थियो ।
मंगलबार राणाले दिल्ली क्यापिटल्सका ब्याट्सम्यान अभिषेक पोरेललाई ‘बोल्ड’ गरेका थिए । लगत्तै उनले सेलिब्रेसनका क्रममा पोरेललाई लक्षित गर्दै ‘फ्लाइङ् किस’का लागि हात उठाएका थिए तर उनी बिचमै रोकिए ।
हैदरावादविरुद्धको खेलमा उनलाई ‘फ्लाइङ् किस’सहित ब्याट्सम्यान मयंक अग्रवालतर्फ लक्षित गर्दै सेलिब्रेसन गरेकै कारण आचारसंहिता विपरीत गतिविधिको आरोपमा दण्डित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार