श्रम शक्तिको विकासबाट नै समृद्ध सम्भव छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले श्रम शक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने मान्यताका साथ अघि बढ्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१३५ औँ विश्व मजदुर-अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कँडेलले प्रदेश सरकार श्रमिक वर्गहरूको पक्षमा रहेको बताएका हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको उच्च योगदान रहेको कँडेलको भनाइ छ । कँडेलले सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हकाधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।
‘आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमिकहरूलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरिका श्रमिकहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मैले गरेको छु,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन