मुम्बई इन्डियन्समाथि लखनउको सहज जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो ।
लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन एकदम सही साबित भयो । लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमित गरे । जवाफमा लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ । जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ ।
यो सिजनको आईपीएलमा निरीह सावित भएको मुम्बईका रोहित शर्मा आफ्नो जन्मदिनमा फेरी असफल भएका छन् । हिटम्यानको विकेटपछि मुम्बई दबाबमा आएको थियो । त्यसपछि रोहित, सूर्य र तिलकले दोहोरो अंक पनि पार गर्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या खाता नखोलेर पभेलियन फर्किए । मुम्बईका तीन ब्याट्सम्यानले टिमको इज्जत बचाए । जसमा इशान किशन (३२), नेहल वढेरा (४६) र टिम डेभिड (३५) रनको योगदान गरे । यी खेलाडीको ब्याटिङको आधारमा टोलीले १४४ रनको स्कोर बोर्डमा राख्न सफल भयो ।
लखनउका बलरहरूले सुरुदेखि नै मुम्बईलाई दबाएर राखेका थिए । टोलीका ५ बलरले विकेट लिए । मोहसिन खानले २ ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । त्यसबाहेक नवीन उल हक, मयंक यादव, रवि बिश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।
लक्ष्य पच्छ्याउने क्रममा लखनऊका लागि मार्कस स्टोइनिसले उत्कृष्ट पारि खेले । २८ रनको स्कोरमा कप्तान राहुलले आफ्नो विकेट गुमाएका थिए । ओपनर अर्शिन कुलकर्णी खाता नखोलेर आउट भए । तर अलराउन्डर मार्कस स्टोइनिसले एक छेउमा रहेर खेल जिताए । उनले ४५ बलमा ६२ रनको इनिङ खेल्दै टोलीलाई ४ विकेटले जित दिलाएका हुन् । उनी बाहेक निकोलस पुरनले १४ रनको नटआउट पारि खेल्दा दीपक हुड्डाले १८ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोट्जे र मोहमद नविले एक एक विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी