विदेश पठाउने नाममा ४ सय २२ जनासँग ३ करोड ठगी
_gnsomySqxp.jpg)
काठमाडौँ । विदेश पठाउने नाममा ४ सय २२ जनालाई ठगेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–४ घर भएका ३१ वर्षीय रमेश बयलकोटी उर्फ जीवा गौतम र कालिकोटको छाप्रे–६ घर भएका २७ वर्षीय दर्शन नेपाली छन् ।
बयलकोटीले कीर्तिपुर नगरपालिका–६ मा कुखुरा फार्म चलाएर बस्ने ललित जङ्ग बमको नाममा ‘भिजा प्लस प्रालि’ नामको कन्सल्टेन्सी दर्ता गर्न लगाएर ठगी गरेका हुन् । आरोपीहरूले हालसम्म ४ सय २२ जनालाई ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया र क्रोएसिया पठाउँछौँ भनेर उनीहरूले प्रतिव्यक्ति १० लाखदेखि १४ लाखसम्म असुल गरेको प्रहरीले अनुसन्धानबाट थाहा भएको छ । नक्कली कागजात समेत बनाएर ठगी गरिरहेको सुराक पाएपछि डीएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरेको थियो । महाराजगन्जस्थित उनीहरूले संचालन गरेको कन्सल्टेन्सीबाट प्रहरीले नक्कली कागजात बरामद गरेको छ ।
अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले करिब ३ करोड ठगी गरेको भेटिएको एसएसपी भट्टराईले जानकारी दिए ।
ललित जङ्ग बमको नामबाट सिमकार्ड समेत निकालेर आरोपीहरूले सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर विदेश जान आह्वान गर्ने गरेका थिए । विदेश जान इच्छुकहरूलाई उनीहरूले सुरुमा ५० हजारदेखि ३ लाखसम्म लिने गरेका थिए । भिसा लागेपछि थप पैसा लाग्छ भन्दै उनीहरूले ठगी धन्दा चलाएका थिए ।
कुखुरा फर्म संचालन गरेर बसेका बमसँग २०८० असोजमा भेटेर बयलकोटीले सुरुमा ललितपुरमा आफूसँग ३२ रोपनी जग्गा भएको बताए । त्यहाँ फर्म चलाउने भन्दै आफूसँग निकट बनाएर उनले कन्सल्टेन्सी खोल्न आग्रह गरेका हुन् । नाफा कमाइने लोभ देखाएर कन्सल्टेन्सी खोल्न आग्रह गरेर उनले बयलकोटीको नाममा सबै कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सो ठगीमा संलग्न मुख्य गिरोह भारतमा बसेर काम गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले बताए । उनी भन्छन्, ‘मुख्य गिरोहबारे अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण