कास्कीमा साइबर अपराध बढ्यो, तीन महिनामा साढे २ करोड ठगी

पोखरा । कास्कीमा साइबर अपराधका घटना निरन्तर बढिरहेको छ । प्रविधिको विकाससँगै पछिल्लो समय साइबर अपराधको दर बढेको हो ।
माघदेखि चैतसम्ममा ४०८ वटा साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग तथा अनधिकृत पहुँचका २२० निवेदन दर्ता भएको छ भने २१ निवेदन उपर अनुसन्धान भइरहेको छ । १९९ निवेदन साइबर ब्युरोमा फरवार्ड गरिएको उनले जनाए ।
अनलाइन ठगीका १८८ निवेदन परेकोमा १५ निवेदन पर्स्यौट भएको छ । तीन महिनाको अवधिमा मात्रै दुई करोड ५३ लाख २१ हजार १३७ रुपैयाँ अनलाइन ठगी भएको छ ।
अनलाइनमा सामान खरिद गर्दा सबैभन्दा बढी ठगीमा परेको कास्की प्रहरी प्रवक्ता शर्माले बताए । प्रहरीले साइबर अपराध नियन्त्रणका लागि ३३ ठाउँमा अन्तरक्रिया गरेको थियो ।
साइबर अपराधसँगै बैकिङ कसुरका घटना पनि उत्तिकै बढेको छ । साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ६०३ वटा यस्ता घटना दर्ता भएका छन् । दैनिक औसतमा ६ वटाका दरले यस्ता घटना दर्ता भएको र त्यसमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ४० प्रतिशत घटना रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का