नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ । बुधबार बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ ।
सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान–मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू नेसपाले अघि सारेको छ ।
नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा।बाबुराम भट्टराई, नेसपा नेता दुर्गा सोब, सामाजिक अभियान विभाग प्रमुख जीएस गुरुङ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्दार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त