किनेर खाना नपाउने अवस्था आउन सक्छ : मन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आगामी २० वर्षपछि किनेर खाना नपाउने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेकी छिन् । जलवायु परिवर्तनका कारणले कृषि क्षेत्रमा पारेको असरलाई व्यवस्थापन गर्न नसके आगामी २० वर्षमा पैसा भएपनि किनेर खाना नपाउने अवस्था सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेकी हुन् ।
नेपाल फार्मर्स एडभाईजरी काउन्सिलको ‘फुड लस एण्ड वेस्ट म्यानेजमेन्ट वर्कसप’ कार्यक्रममा मन्त्री साहले हावा पानीको सन्तुलन नभएमा उत्पादनमा ह्रास हुने बताइन् । ‘जहाँ हावा र पानीको सन्तुलन मिलाउन सकेनौँ भने बाली खेती फलदायी नहुने रहेछ,’ उनले भनिन्, ‘जब बाली बढी उत्पादन गरिसकेपछि कतै बजारीकरण आइसकेपछि कुहाउन पर्ने, सडाउनु पर्ने अवस्था आउँछ ।’
उनले बढी उत्पादन भएको बाली लामो समयसम्म राख्न मिल्ने विकल्प खोज्नु पर्ने उल्लेख गरिन् । यसलाई व्यवस्थापनका लागि अनुसन्धान गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी सबैसँग पैसा भएपनि खाना सक्दैनौँ के, उत्पादन नै हुँदैन कहाँबाट किन्ने ? त्यो अवस्था रहन्छ ।’
जलवायु परिवर्तनको असरका कारणले कृषिमा देखिएको असरलाई दीर्घकालीन व्यवस्थापन गर्न जरुरी रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
-
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
-
नयाँ बजेटको विषयमा अन्य मन्त्रालयसँग कस्तो छलफल गर्दैछ अर्थ मन्त्रालय ?
-
च्याउ खाँदा तनहुँमा दश जना बिरामी
-
तीनकुनेमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एकको मृत्यु
-
सुन्दरीजलमा टिप्पर र बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु