धानमा आत्मनिर्भर बन्ने प्रयत्नमा छौँः मन्त्री साह
![धानमा आत्मनिर्भर बन्ने प्रयत्नमा छौँः मन्त्री साह](https://npcdn.ratopati.com/media/news/jwala-kumari-shah_E1vOuhvmvF.jpg)
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताएकी छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको प्रभाव कृषि क्षैत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताइन् । उनले नेपालमा अण्डा, मासु, दूध, दहीमा आत्मनिर्भर रहेको बताइन् ।
साहले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको बताइन् । उनले उत्पादन र बजारीकरणमा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको बताइन् ।
मन्त्री साहले नेपालमा हावापानी सबै स्वस्थ रहेको र नेपालले प्रकृतिले दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताइन् । उनले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताइन् । उनले सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् । उनले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनको व्यवस्था दरोसँग गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘हामी नेपालमा अण्डा, मासु, दूध, दहीमा आत्मनिर्भरतिरै छौँ । धानमा पनि आत्मनिर्भर हुने कोसिसमा छौँ । दुई लाख हेक्टर अझै जग्गा बाँझो छ । त्यसलाई आत्मनिर्भर बनाउनेतिर छौँ । चैते धानलाई प्रोत्साहन गर्नेतिर छौँ । उत्पादन गरिसकेपछि बजारीकरणको समस्या छ, त्यसलाई पनि समाधान गर्नेगरी हामी अघि बढ्दै छौँ । हामीले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी छ । जलवायु परिवर्तनको कुरा पनि छ । यसले पनि कृषिमा असर पुगिरहेको छ । यस्तै अवस्था भइरहे पैसा भएपनि २० वर्षपछि खानसक्ने अवस्था रहँदैन । यसलाई दीर्घकालीन समाधान गर्नेगरी प्राविधिक टिम खटाएर काम गर्नुपर्छ ।’
मन्त्री साहले तीन सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?