प्रमाणपत्र लिँदै सुहाङको वाचा, ‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् ।
प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने ।
उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबीच छलफल
-
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
-
उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा
-
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
-
संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार विर्सन मिल्दैनः राष्ट्रपति पौडेल
-
मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत