स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३२
![स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ](https://npcdn.ratopati.com/media/news/ss_959LpRXbHn.jpg)
पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट सोमबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बी.आर. ०५ एजेट ७५७४ नम्बरको मोटर साइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० वर्षीय अफ्रोज अहमदले सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
-
आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष